×

NMB BANK
NIC ASIA

भोट खरिद-बिक्रीमा नक्कली नोट ?

चुनावको संघारमा नक्कली नोटको बिगबिगीे

मंसिर ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी ७ मंसिर — आगामी हप्ता हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मुखैमा म्याग्दीमा दिनहुँजसो नक्कली नोट भेटिन थालेको छ । 

Muktinath Bank

    सदरमुकाम बेनीमा रहेका बैङ्क, वित्तीय संस्था, सहकारी, पसलहरुमा दैनिकजसो नक्कली नोट भेटिन थालेको हो । पछिल्लो एक हप्ता यता बेनीका बैङ्क, वित्तीय संस्था, सहकारीहरुमा एउटै नम्बरको एक हजार रुपैयाको नक्कली नोट भेटिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै ठाउँमा भेटिएको नोटको नम्बर (च २५) ४३६१३३ रहेको छ । ग्राहक मार्फत नक्कली नोट बैङ्क, सहकारी सम्म पुगेको हो । माछापुच्छ्रे बैङ्कको बेनी शाखामा गत सोमबार यता ग्राहकले पाँच वटा नक्कली नोट ल्याएका छन् ।


Advertisment
Nabil box
Kumari

“ग्राहकले बचत गर्न ल्याएको नोट शंका लागेपछि परिक्षण गर्दा नक्कली भएको पुष्टि भयो” माछापुच्छ्रे बैङ्कको शाखा प्रबन्धक श्रीधर ढुङ्गानाले भने “नक्कली नोट संकलन गरेर नेपाल बैङ्कलाई उपलब्ध गराउदै छौ ।” 

Vianet communication
Laxmi Bank

सोमबार गरिमा विकास बैङ्क, प्रकाश मावि, लोकदिप सहकारी, किराना पसलमा भेटिएको नक्कली नोटको प्रकृती पनि एउटै छ । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको समयमा पनी बेनी अस्पतालको फार्मेसीमा पाँच सय रुपैयाको एउटा नक्कली नोट भेटिएको थियो । 
आर्थिक कारोबार गर्ने सबै संस्थासंग नोट परिक्षण गर्ने मेसीन नहुँदा समस्या भएको छ । बैङ्कहरुमा भने नोट परिक्षण गर्ने मेसीन राखेका छन् । गरिमा विकास बैङ्कको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले चुनावको समयमा नक्किली नोट भेटिनुले शंका उत्पन्न गराएको बताए । 

“बैङ्कमा परिक्षण गर्ने मेसीन भएकाले नक्कली भएको पुष्टि हुनेवित्तकै खिचेर राखेका छौ” उनले भने “सर्वसाधारणले कारोबारमा सर्तकता अपनाउन आवश्यक छ ।”   नक्कली र सक्कली नोट पहिचान गर्न नसक्ने, ठूलो रकम कारोबार गर्न ग्राहक मार्फत नक्कली नोट बैङ्कमा आउन थालेको हो । 

नक्कली नोटमा लालीगुरासको तस्बिर, नेपाल राष्ट्र बैङ्कको छोटकरी रुप एनआरबी देखिदैनँ । कतिपय सन्दर्भमा नोट छामेर पनि पहिचान गर्न सकिने बैङ्क कर्मचारी बताउँछन् । प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले दैनिकजसो नक्कली नोट भेटिएको घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान सुरु गरेको बताईन् । 

सुरक्षा निकायको ध्यान चुनावमा केन्द्रित भएको समयमा नक्कली नोट बजारमा आउन थालेकाले गिरोहनै सक्रिय भएको अनुमान गरीएको खड्काले बताईन् । “बढी आर्थिक कारोबार हुने चाडपर्व र चुनावको समयमा नक्कली नोटका गिरोह सक्रिय भएको हुन सक्छ” उनले भनिन् । 
कतिपयले चुनावमा मत खरिद बिक्रीका लागि समेत नक्कली नोट प्रयोग हुन सक्ने आशंका गरेका छन् । एमाले निकट युवा संघ र माओवादी केन्द्र निकट वाईसीएलले चुनावको मुखैमा नक्कली नोट भेटिएको घटनालाई गम्भिर रुपमा लिएको जनाउँदै छानविनको माग गरेका छन् । दुई वटा संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा ग्रामिण क्षेत्रमा मत खरिद बिक्रीमा नक्कली नोटको प्रयोग हुन सक्ने आरोप लगाएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x