
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको छात्रावासमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको आज बिहान अन्तिम संस्कार सकिएको छ ।
बुधबार शव गृहजिल्ला रुपन्देही ल्याएर रुपन्देहीको सिद्धार्थननगरस्थित स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो ।
रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएछि अन्तिम संस्कार गरिएको बताए ।
प्रकृति मृत्यु घटनाको नेपाल र भारतमै पनि तीव्र विरोध भइरहेको छ ।