२४ जेठ २०८३, आइतबार

अब हाम्रो पात्रोबाटै विभिन्न इभेन्टको टिकट लिन मिल्ने

फागुन ८, २०८१
काठमाडौं
अब हाम्रो पात्रोबाटै विभिन्न इभेन्टको टिकट लिन मिल्ने

अब हाम्रो पात्रो एपबाटै विभिन्न कार्यक्रमका टिकट खरिद गर्न सकिने भएको छ । प्रयोगकर्तालाई थप सजिलो बनाउन हाम्रो पात्रोले डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो । प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोगगरी टिकट खरिद गर्न सक्ने हाम्रो पात्रोले जनाएको छ । 

'हाम्रो पे' का साथै मोबाइल बैंकिङ र कनेक्ट आइपीएस प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिने छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने हाम्रो पेको विश्वास छ । 

हाम्रो पेका सीईओ शिशिर पोखरेल भन्छन्, 'अब हाम्रो पात्रो प्लाटफर्ममार्फत् विभिन्न कार्यक्रमका टिकट सजिलै खरिद गर्न सकिनेछ, जसले कार्यक्रम आयोजक र दर्शकबीचको दुरी घटाउनेछ। टिकट खरिद सेवा दिन पाउँदा हामी निक्कै उत्साहित छौं।'

हाल हाम्रो पात्रोमा पाँचथर र फिदिममा फेब्रुअरी २४ मा आयोजना हुन लागेको जोन एण्ड द लोकल लाइभ कन्सर्ट (John and The Locals– Live Concert)को टिकट उपलब्ध छ। 

फिदिम माविको खेलमैदानमा हुने कन्सर्टमा देश तथा विदेशमा आफ्नो प्रस्तुतीले चर्चा कमाएको जोन एण्ड द लोकल ब्याण्डको सांगीतिक प्रस्तुती हेर्न पाइनेछ।

जसको टिकट दर ४०० देखि ५ हजारसम्म निर्धारण गरिएको छ। हाम्रो पेमार्फत् टिकट खरिद गर्दा प्रयोगकर्ताले ५ प्रतिशत क्यासब्याकसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्