०१ असार २०८३, सोमबार

सुर्खेतमा शेखरलाई बाजागाजासहित स्वागत

फागुन ८, २०८१
सुर्खेत
सुर्खेतमा शेखरलाई बाजागाजासहित स्वागत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई भव्य स्वागत गरिएको छ । कर्णाली कांग्रेसले नेता कोइरालालाई बाजागाजासहित स्वागत गरेको हो ।

null

उनको स्वागतमा संस्थापन पक्षका अधिकांश नेता उपस्थित थिए । 

यसअघि सुर्खेत विमानस्थलमा कांग्रेसका नेता आउँदा नेता कार्यकर्ता मात्रै स्वागतका लागि विमानस्थल पुग्ने गरेका थिए । ‘उहाँ हाम्रो सर्वमान्य नेता हो । १४औं महाधिवेशनमा उहाँ थोरै मतले पराजित हुनु भएको थियो,’ कांग्रेस जाजरकोटका सभापति एवम पूर्वमन्त्री वेदराज सिंहले भने, ‘समूहभन्दा पनि सम्मानका लागि हामी यहाँ आएका हौं ।’

null

उनको स्वागतमा संस्थापन समूहका नेता पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीदेखि प्रदेश सभापति ललितजंग शाहीसमेत उपस्थित भए । 

स्वागतपछि वीरेद्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसमा अलिअलि गुटबन्दी भएको भए पनि मिडियाले धेरै बढाइचढाइ गरेको बताए ।

null
 

salt training

कमेन्ट गर्नुहोस्