
काठमाडौँ, ७ मङ्सिर - बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि छैटौ आम निर्वाचन हुँदै छ । प्रत्येक चुनावमा केही उम्मेदवार भने दोहोरिइरहेका छन्, कान्तिपुरमा खबर छ । संसदीय होस् या संविधानसभा निर्वाचन, हरेक पटक सहभागी भएका नेताहरू नै राज्य पुन:संरचनापछिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् । लगातार चुनाव लडेका कतिपय नेताको यो यात्रा अपराजित छ । केहीले जित्दै, बीचमा पराजित हुँदै फेरि विजय हासिल गरेका छन् । यीमध्ये कतिपयले पहिलेकै क्षेत्र रोजेका छन् । केही भने क्षेत्र परिवर्तन गरी चुनावी मैदानमा छन् ।
२०४८ देखि निरन्तर चुनाव लड्नेहरु
कांग्रेसबाट शेरबहादुर देउवा,रामचन्द्र पौडेल,विजयकुमार गच्छदार,कृष्णप्रसाद सिटौला, बलबहादुर केसी,रामशरण महत,अर्जुनरसिंह केसी र रमेश रिजाल
एमालेबाट केपी ओली,झलनाथ खनाल, वामदेव गौतम, पृथ्वी सुब्बा गुरुङ, राजेन्द्र पाण्डे र कृष्णगोपाल श्रेष्ठ