२८ जेठ २०८३, बिहीबार

गण्डकी प्रदेशका केही क्षेत्रमा छिटफुट वर्षा, काठमाडौंमा पानी पर्ने सम्भावना कति ?

फागुन ८, २०८१
काठमाडौं
गण्डकी प्रदेशका केही क्षेत्रमा छिटफुट वर्षा, काठमाडौंमा पानी पर्ने सम्भावना कति ?

अहिले गण्डकी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका पहाडी भूभागका तीन/चार स्थानमा छिटफुट वर्षा भइरहेको छ । 

देशैभर माौसम आंशिक बदलीदेखि साधारणतया बदली नै रहेको विभागले जनाएको छ ।  कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली र मुख्यतया मौसम सफा रहेको छ । 

हाल काठमाडौं उपत्यकामा भने पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । आज देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना भने छ । मधेश प्रदेशबाहेक ६ प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । 

राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्