२५ जेठ २०८३, सोमबार

युवक मृत्यु प्रकरणमा दुईजना प्रक्राउ

फागुन ८, २०८१
काठमाडौं
युवक मृत्यु प्रकरणमा दुईजना प्रक्राउ

काठमाडौंको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ । 

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएका थिए । यही घटनामा दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं’, एसपी बोहराले भने । मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्