
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् ।
वराहपोखरी गाउँपालिका-३ भोरलेनीका ५१ वर्षीय बलबहादुर दर्जीलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बलबहादुरले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।