२४ जेठ २०८३, आइतबार

काठमाडौंको माछापोखरीबाट २८.५७ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

फागुन ८, २०८१
काठमाडौं
काठमाडौंको माछापोखरीबाट २८.५७ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ४० वर्षीय दीपक राय र नुवाकोटको म्यागङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्ने ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।

काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित एक होटलमा अवैध लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट २८.५७ ग्राम खैरो हिरोइन, २० हजार नगद, १ थान डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइल बरादम गरेको छ । 

पक्राउ परेका दुवैजनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्