२६ जेठ २०८३, मंगलबार

ट्रम्पलाई मेन्सन गर्दै मध्यराति बालेनको स्टाटस- हाम्रो देश राम्रो छ भन्ने महसुस गराएकोमा धन्यवाद

फागुन ९, २०८१
काठमाडौं
ट्रम्पलाई मेन्सन गर्दै मध्यराति बालेनको स्टाटस- हाम्रो देश राम्रो छ भन्ने महसुस गराएकोमा धन्यवाद
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका छन् । 

मध्यराति सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै उनले अमेरिकीहरू अल्छी भएको कटाक्ष गरेका हुन् । 

आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाएर संसारलाई अघि बढ्न दिन उनले ट्रम्पलाई आग्रह गरेका छन् । 

‘प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौं किनभने हाम्रा मानिसहरू देश छोडेर जाँदैछन् । तपाईं गरिब हुनुहुन्छ किनकी तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्,' उनले लेखेका छन्, 'बाँकी संसारभन्दा तपाईंहरू अल्छी हुनुहुन्छ। कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस्; हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौं। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई अघि बढ्न दिनुहोस्।’
 

salt training

कमेन्ट गर्नुहोस्