०१ असार २०८३, सोमबार

धर्मशाला उद्‌घाटन गर्न राष्ट्रपति पौडेल धरान आउँदै

फागुन ९, २०८१
काठमाडौं
धर्मशाला उद्‌घाटन गर्न राष्ट्रपति पौडेल धरान आउँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउँदै छन् । राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न उनी धरान आउन लागेका हुन् । 

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा उत्रिने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । त्यहाँबाट उनी कार्यक्रम स्थलमा जाने छन् ।

उनले धरान - ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको  छ । 

मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरिने धरान -९ का वडाअध्यक्ष रुपेश आचार्यले बताए ।

३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्पन्न गरिएको र  धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र  गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्