०३ असार २०८३, बुधबार

माघमा ४ सय ७८ आगलागीका घटना : २२ जनाको मृत्यु, ८७ घाइते

आगलागीका घटना कोशी प्रदेशमा धेरै
फागुन ९, २०८१
काठमाडौं
माघमा ४ सय ७८ आगलागीका घटना : २२ जनाको मृत्यु, ८७ घाइते

माघमा मात्रै मुलुकभर ४ सय ७८ वटा आगलागीका घटना भएका छन् ।

ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् ।

घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । 

आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताए ।

सबैभन्दा बढी कोशी प्रदेशमा आगलागी एक सय २९ वटा आगलागीका घटना भएको छ ।

त्यसपछि मधेश प्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौं उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता आचार्यका अनुसार ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको छ ।

कुल दुई सय ४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्