१२ साउन २०८३, मंगलबार

भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स सेमिफाइनलमा

फागुन ९, २०८१
झापा
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स सेमिफाइनलमा

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो । 

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्‍याए ।

पहिलो गोल भएको दुई मिनटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए ।​

जर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भएका छन् ।

भोलि हुने दोस्रो क्वाटरफाइनलमा झापा–११ र चर्च बोइज युनाइटेडबीच खेल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्