०५ साउन २०८३, मंगलबार

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हरायो, आज अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै

फागुन १०, २०८१
काठमाडौं
दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हरायो, आज अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको छ । ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर ३ बलमा २०८ रनमै समेटियो ।

अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन, वइन मुल्दार, लुंगि एन्गिडीले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १५ रन बनाएको थियो । अफ्रिकाका ओपनर रायन रिकल्टनले शतक बनाए । एडेन मार्करम र कप्तान टेम्बा बमुभाले अर्धशतक बनाए ।

अफगानिस्तानका मोहम्मद नाबिले दुई तथा फैजल हक फारुकी, नुर अहमद र अजमतुल्लाह उमरजाईले समान एक/एक विकेट लिए । 

आज अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच खेल हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्