३१ असार २०८३, बुधबार

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल

फागुन १०, २०८१
सुर्खेत
कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन्। 

आज आयोजित कोपिला भ्याली स्कूल वीरेन्द्रनगर– ४ सुर्खेतको १५औं स्थापना दिवस समारोहमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बताए । 

कर्णालीको शैक्षिक उन्नयनमा कोपिला भ्याली स्कूलले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री कँडेलले  शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएकामा खुसी व्यक्त गरे  । 

उनले ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरूका अगाडि नेपालमै कर्म गरेर विश्वमा नमूना काम गर्न सकिँदो रहेछ भन्ने शिक्षा स्कूलले दिएको उनको भनाइ छ ।

मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्नसक्ने समेत बताए ।

'कर्णालीप्रति म्यागी डोयन, टोपबहादुर मल्लको योगदान र कोपिला भ्यालीले शैक्षिक सूचक बढाउन खेलेको भूमिका प्रशंसनीय छ । बरु यहाँ भएको सिकाइ अभ्यास र गतिविधिहरू सामुदायिक विद्यालयसँग आदान–प्रदान गर्दा यसले शैक्षिक क्षेत्रको सुधारमा राम्रै सहयोग पुग्ला,' उनले भने ।

मुख्यमन्त्री कँडेलले प्लास्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुख, वडा नम्बर ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीबीच सहकार्यका लागि आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्