२४ असार २०८३, बुधबार

राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, पवित्र तीर्थस्थलमा पुगेर समाज भाँड्न खोजेको आरोप

फागुन १०, २०८१
काठमाडौं
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, पवित्र तीर्थस्थलमा पुगेर समाज भाँड्न खोजेको आरोप

राष्ट्रिय मुक्ति पार्टी (नेपाल)का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका नागरिकले कालोझण्डा देखाएका छन् ।

‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गरेका महतोलाई सदरमुकाममा स्थानीयले कालोझण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।

जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलल पुर्‍याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ ।

महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।

लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्