२३ असार २०८३, मंगलबार

नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा

फागुन १०, २०८१
काठमाडौं
नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा

माघ २७–२९ काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा शुरू भएको छ। 

भोलिसम्म चल्ने बैठकमा शनिबार महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ। बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त, प्रणाली, पार्टीको आचारसंहिता र कार्यविधि, विभिन्न केन्द्रीय परिषद् तथा आयोग गठन लगायतका विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन्  ।

यसैगरी, पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना र समसामयिक प्रस्तावबारे छलफल भइरहेको छ । 

बैठकमा उपाध्यक्ष ईश्वर रिजालले पदाधिकारी एवं सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता प्रस्तुत गरेका थिए। सचिव लक्षण कार्कीले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे प्रस्ताव पेस गरे।

त्यसैगरी, महासचिव सोनामसिं स्याङ्तानले संगठनात्मक सिद्वान्त र प्रणालीबारे बैठकमा बोले। मुख्य निर्णय आइतबार हुने उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन्। नेसपा नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यसमिति छ।

salt training

कमेन्ट गर्नुहोस्