२१ असार २०८३, आइतबार

नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा ३ महिने सांगठनिक अभियान प्रस्ताव

फागुन १०, २०८१
काठमाडौं
नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा ३ महिने सांगठनिक अभियान प्रस्ताव

काठमाडौँ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पूर्ण केन्द्रीय समितिको बैठक शनिबारदेखि काठमाडौँमा सुरु भएको छ। गएको माघ २७–२९ काठमाडौँमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि  पहिलो बैठक बसेको हो । 

बैठकमा ३ महिने सांगठनिक अभियान प्रस्ताव भएको छ। मुख्य निर्णय भोलि हुने पार्टी उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन्। नेसपा नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यसमिति छ।  

बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त, प्रणाली, पार्टीको आचारसंहिता र कार्यविधि, विभिन्न केन्द्रीय परिषद् तथा आयोग गठन, पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना र समसामयिक प्रस्तावहरूबारे छलफल सुरु भएको छ। बैठक आइतबार सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्