१४ असार २०८३, आइतबार

छुरा प्रहारको घटनामा एक जनाको मृत्यु, दुई प्रहरी गम्भीर घाइते

फागुन ११, २०८१
काठमाडौं
छुरा प्रहारको घटनामा एक जनाको मृत्यु, दुई प्रहरी गम्भीर घाइते

 फ्रान्सको मिलोस शहरमा आइतबार छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन्।

समाचारअनुसार आरोपीले सुरुमा दुई प्रहरीलाई अन्धाधुन्द चक्कु हानेर गम्भीर घाइते बनाए । आक्रमणबाट एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको छ ।

सो देखिरहेका एक ६९ वर्षीय पोर्चुगिज पुरुष हस्तक्षेप गर्न जाँदा उनीमाथि पनि चक्कु प्रहार भएको  र उनको मृत्यु भएको बताइएको छ । 
घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवादसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्