०५ साउन २०८३, मंगलबार

पनौती–काठमाडौं खण्डमा विद्युतीय सवारी सञ्चालन

फागुन ११, २०८१
काभ्रेपलाञ्चोक
पनौती–काठमाडौं खण्डमा विद्युतीय सवारी सञ्चालन
फाइल फोटो : पनौती गेट

काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (ईभी माइक्रो) सञ्चालनमा ल्याएको छ ।

यसअघि मिनी बसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र सङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।

खोपासी र सङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तीनकुने गएर पुनः खोपासी र सङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ ।​

सेवा आरम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा ईभी माइक्रो सञ्चालनको उद्‌घाटन गरेका हुन् ।

'हाल दुई रुटबाट पाँच/पाँच वटा ईभी माइक्रोले सेवा दिनेछौं, पछि आवश्यकताअनुसार थप्दै जानेछौं,' उनले भने ।

पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनी बसको साबिक भाडा दरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हाल खोपासीबाट ११ सिट क्षमताको र सङ्खुबाट १४ सिट क्षमताको ईभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्