१३ असार २०८३, शनिबार

सिरहामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

फागुन ११, २०८१
सिरहा
सिरहामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दूधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो ।

पिकअप भ्यानका चालक दूधौली नगरपालिका—१४ का सागर सुनारको अवस्था गम्भीर छ ।

यसैगरी, धनगढीमाई नगरपालिका–१० कसहाबाट लहानतर्फ गइरहेको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्