१८ असार २०८३, बिहीबार

ललितपुरमा त्रिशक्ति सेक्युरिटिजको शाखा कार्यालय

फागुन ११, २०८१
काठमाडौं
ललितपुरमा त्रिशक्ति सेक्युरिटिजको शाखा कार्यालय

त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आफ्नो ५औं शाखा ललितपुरको जावलाखेलमा शुरू गरेको छ । 

ग्राहक सेवा विस्तार र लगानीकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिका वडा- ५, जावलाखेलमा शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेल, ललितपुर- ५ का अध्यक्ष विकासमान श्रेष्ठलगायतको उपस्थितिमा शाखाको शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शोभाकान्त पौडेलले शेयर बजारको जोखिम तथा प्रतिफलबारे जानकारी दिएका थिए । नेपालमा पुँजीबजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै विषयको विकास भइरहेको उनको भनाइ थियो ।​

यस्तै, वडा अध्यक्ष श्रेष्ठले कम्पनीको प्रगतिको शुभकामना दिँदै आवश्यक सहयोगको लागि तत्पर रहेको बताए ।

कार्यक्रममा लगानी कर्ताहरूको तर्फबाट दीपक रिमालले शेयर बजारको महत्त्व तथा औचित्यका बारेमा जानकारी गराएका थिए ।

कम्पनीले यस अघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौंडाबाट डिम्याट, टीएमएसलगायतमा शेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्