
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जनाको प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसोदेखि उनीहरू जङ्गलभित्र अलपत्र परेको सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण र जिल्ला वन कार्यालयबाट खटिएको उद्धार टोलीले उद्दार गरेको हो ।
६ जनालाई शनिबार नै र बाँकी ४ जनालाई आज बिहान उद्धार गरी सकुशल आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उद्धार भएकाहरूमा भक्तपुरका दर्शन सुवाल, दार्चुलाका अभि धामी, कास्कीका बिबिक श्रेष्ठ, बाँकेका बिपिन आचार्य, मोरङका विवश बुढाथोकी, अर्घाखाँचीका दिपबिजय खनाल, स्याङ्जाका चिन्तन तिवारी, कास्कीका गौरब पराजुली, सल्यानका भरत ओली र बैतडीका चिराग भट्ट रहेका छन् ।