
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आममानिसमा प्रभाव पार्न सक्ने भएकाले चलचित्र मनोरञ्जनमा मात्र सीमित नरहेको बताएका छन् ।
पर्यटन बोर्डको सभाहलमा आयोजित ‘१३औँ नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव–२०२५’ को समापन समारोहमा उनले चलचित्रमा देश विकासका तथ्यसँगै पर्यटन प्रवर्द्धनका विषयलाई जोड्न सकिने बताए ।
नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको र अर्बौं कमाई गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेकाले यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रालिको आयोजनामा काठमाडौँमा फागुन ९ गतदेखि सुरु भएको महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र, वृत्तचित्रलगायत प्रदर्शनका लागि सहभागी भएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।