१५ असार २०८३, सोमबार

डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस

फागुन ११, २०८१
काठमाडौं
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद समूहतर्फका डिआइजी भट्टराईलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भट्टराईलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्