०२ साउन २०८३, शनिबार

च्याम्पियन्स ट्रफीमा भारतको लगातार दोस्रो जीत, पाकिस्तान फेरि पराजित

फागुन १२, २०८१
काठमाडौं
च्याम्पियन्स ट्रफीमा भारतको लगातार दोस्रो जीत, पाकिस्तान फेरि पराजित

आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार राति सम्पन्न आफ्नो दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । 

पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका विराट कोहलीले १०० रन बनाए । १११ बल खेलेर नटआउट रहेका उनले ७ चौका प्रहार गरे । उनलाई श्रेयस अय्यर र शुभमन गिलले राम्रो साथ दिए।

बलिङमा भारतका कुलदीप यादवले ३ र हार्दिक पाण्ड्याले २ विकेट लिए ।

दुबईमा भएको खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानी टोली ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भएको थियो । 

भारतले बिहीबार बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो ।

यता, लगातार दोस्रो हारसँगै पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ। पाकिस्तानले अब बंगलादेशविरुद्ध एक खेल खेल्न बाँकी छ।

यसअघि पहिलो खेलमा पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्