
जर्मनीमा भएको आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ। यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको छ।
सो पार्टीका नेता फ्रेडरिक मेर्ट्जले आफूहरुले जितको उत्सव मनाइरहेको बताए ।
जर्मनीमा चुनावपछि मतगणना सकिएको छ। चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा आएको छ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मेर्ट्जलाई बधाई दिएका छन् । उनले बलियो युरोपको लागि मिलेर काम गर्ने समेत बताएका छन्।