२३ जेठ २०८३, शनिबार

माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

फागुन १३, २०८१
काठमाडौं
माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लमजुङ बेँसीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् ।

पक्राउ परेकामध्ये सरोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ८२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार र कल्पनालाई ललितपुर महानगरपालिका-१५ बाट आइतबार पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्