२२ जेठ २०८३, शुक्रबार

यो हो संसारको सबभन्दा ठूलो विमान

यो हो संसारको सबभन्दा ठूलो विमान

काठमाडौं, ७ मंसिर — तपाईंले विमानमा धेरैचोटि यात्रा गर्नुभएको होला तर हामीले यहाँ चर्चा गर्न लागेको विमान चाहिँ असाध्यै ठूलो छ । 

विमानको नाम एन्टोनोभ एएन–२२५ मारिया हो र यसले सन् १९८८ को २१ डिसेम्बरमा पहिलो उडान भरेको थियो । त्यतिखेर यसको विश्वभरि चर्चा भएको थियो । 

यो विमानको तौल ६०० टन छ र यसमा ६६ वटा फ्यान छन् । विमान अवतरण गर्दा ३२ वटा टायर भएको गियर सिस्टम प्रयोग हुन्छ । पंखाको लम्बाइ २८.४ मिटर छ जसले गर्दा यो विशालकाय छ । 

विमानको उपयोग नासाका वैज्ञानिकहरूले गरेका थिए । अमेरिकाले बनाएको यो ठूलो विमान जत्रो अरू कसैले बनाउन सकेका छैनन् । 

यो विमानमा एकैचोटिमा १५ सय मानिसले यात्रा गर्न सक्छन् । संसारको सबभन्दा ठूलो जेट विमानभन्दा लगभग तीन गुणा धेरै हो यो ।

एकचोटिमा यो विमानले ६४० टन भार क्षमता वहन गर्छ । 

विमानको अधिकतम रेन्ज १५ हजार ४०० किलोमिटर हो र अधिकतम गति ८५० किलोमिटर प्रतिघन्टा हो । 

नरोकिइकन २५० टन तौलका साथ यसले लगभग चार हजार किलोमिटरको दूरी पार गर्न सक्छ । 

यसको नोज गियर सामानको सुविधाजनक लोडिङलाई ध्यानमा राखेर डिजाइन गरिएको थियो । 

यसको पछिल्लो भागको कुरा गर्दा भारी सामान बोक्नका लागि दुईवटा टेलको डिजाइन छ । 

विमानमा कुल ६ इन्जिन छन् र रनवेमा ओर्लन ३२ वटा चक्का छन् । 

हावर्ड ह्युजेजले डिजाइन गरेको एच–४ हर्क्युलिस नामक विमानको पखेटा एएन–२२५ भन्दा ठूलो थियो तर त्यसले एकचोटि मात्र उडान गर्न सक्यो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्