२२ जेठ २०८३, शुक्रबार

कर्णाली प्रदेश सरकारले ‘नमूना विद्यालय कार्यक्रम’ लाई बजेट पठाउने

फागुन १३, २०८१
काठमाडौं
कर्णाली प्रदेश सरकारले ‘नमूना विद्यालय कार्यक्रम’ लाई बजेट पठाउने

कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमूना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने भएको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका १३ विद्यालयमा रु ७० लाखका दरले रकम पठाउने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । 

    यस्तै बैठकले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमाका लागि स्वीकृति प्रदान गर्ने, घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१, आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१, आयोजनाको बहुवर्षीय ठेक्का सहमति निर्देशिका २०८१ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । 
    प्रवक्ता शाहका अनुसार कर्णालीको १० वर्षे कृषि विकास रणनीति पारित गर्नुका साथै कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) दोस्रो संशोधन कार्यविधि र नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्