२८ जेठ २०८३, बिहीबार

ताप्लेजुङमा निषेधाज्ञा हट्यो, अब प्रभावित क्षेत्रको जनजीवन सामान्य हुने अपेक्षा

फागुन १४, २०८१
ताप्लेजुङ
ताप्लेजुङमा निषेधाज्ञा हट्यो, अब प्रभावित क्षेत्रको जनजीवन सामान्य हुने अपेक्षा

ताप्लेजुङमा जारी निषेधाज्ञा हटेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा गएरातिदेखि हटेको हो । 

निषेधाज्ञा हटेपछि फुङलिङ बजार तथा प्रभावित क्षेत्रमा जनजीवन सामान्य हुने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गत माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । 

फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो ।  

ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहहरूबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा लागू गरेको थियो । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ अनुसार, फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न निषेध गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्