०८ असार २०८३, सोमबार

राम रहीमको समस्या बढ्यो, डेरा अस्पतालका बारेमा यस्तो खुलासा

राम रहीमको समस्या बढ्यो, डेरा अस्पतालका बारेमा यस्तो खुलासा

काठमाडौं, ७ मंसिर — दुई साध्वीलाई बलात्कार गरेको अभियोगमा जेल सजाय काटिरहेका बाबा राम रहीमका सम्बन्धमा अनेकौं खुलासा भइरहेका छन् । 

हरियाणाको सिरसा जिल्लामा राम रहीमको डेरा सच्चा सौदाले चलाएको शाह सतनाम अस्पतालसँग लाइसेन्स नभएको र त्यहाँ अनुमति नलिइकनै अंगदान गरिने गरेको खुलासा भएको छ । 

आयुक्त एसकेएस पवारको निगरानीमा भएको अनुसन्धान अभियानका दौरान अस्पतालको कामकाजमा अनियमितता देखियो । पञ्जाब र हरियाणा उच्च अदालतले सेप्टेम्बरमा पवारलाई अनुसन्धानका लागि नियुक्त गरेको थियो । 

सिरसाका सिभिल सर्जनले गरेको अनुसन्धान निष्कर्षअनुसार अस्पतालमा ४० वटा छाला प्रत्यारोपण सर्जरी गरिए । पवारले अदालतलाई सुम्पेको विस्तृत रिपोर्टमा यो कुराको उल्लेख छ । 

अदालत आयुक्तले ८ नोभेम्बरमा पञ्जाब र हरियाणा उच्च अदालतको पूर्ण इजलाससामु रिपोर्ट सुम्पेका थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्