![सैनिक दिवसका अवसरमा टुँडिखेलमा सेनाको कला कौसल, परेड र तोप बढाइँ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Shivaratri_Sena_2_Hi1bKTszvr.jpg)
नेपाली सेनाले आज २६२औं स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रीको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका थिए ।
त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्र अभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
तस्वीरहरू























