३० जेठ २०८३, शनिबार

सुक्खा पहिरोले अवरुद्ध भोटखोला सडक सञ्चालन​मा​

फागुन १४, २०८१
संखुवासभा
सुक्खा पहिरोले अवरुद्ध भोटखोला सडक सञ्चालन​मा​

सुख्खा पहिरो खसेर अवरुद्ध जिल्लाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सञ्चालनमा आएको छ ।

कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण गत सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।​​

भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए । 

उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूलठूला ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो । 

यस सडक खण्डमा सुक्खा पहिरोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ ।

च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्म हिउँदमा मात्रै गाडी चल्ने गरेको छ । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटरमध्ये १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । 

यो सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो ।  

सो सडकले कोशी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । राष्ट्रिय गौरवको खाँदबारी– किमाथाङ्का सडक आयोजनामा हालसम्म रु ५३ करोड बढी खर्च भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्