०९ साउन २०८३, शनिबार

सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

फागुन १५, २०८१
काठमाडौं
सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । तराईंका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । 

आजराति पनि सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्