२१ जेठ २०८३, बिहीबार

प्यालेस्टिनी बन्दी रिहाइ शुरू हुनेवित्तिकै हमासले चार बन्धकको शव फिर्ता गर्‍यो

फागुन १५, २०८१
काठमाडौं
प्यालेस्टिनी बन्दी रिहाइ शुरू हुनेवित्तिकै हमासले चार बन्धकको शव फिर्ता गर्‍यो

इजरायलले ६ सय प्यालेस्टिनी बन्दीलाई रिहा गर्न थालेपछि हमासले चार बन्धकको शव फिर्ता गरेको छ । हमासले बन्धक बनाएका चार जनाको शवको पहिचान हुन सकेको छैन ।

तर हमासले उनीहरूको नाम सार्वजनिक गरेको छ । हमासका अनुसार यसमा ८६ वर्षीय सालोमो मन्सुर, ५० वर्षीय ओहाद याहलोमी, ५० वर्षीय साची इदान, ६९ वर्षीय इत्जिक अलग रात रहेका छन् ।

इजरायल र हमास बीचको सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक र बन्दीहरूको यो अन्तिम आदानप्रदान थियो।

उनीहरूलाई हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यी बन्धकहरूको शव फिर्ता भएको पुष्टि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्