२१ जेठ २०८३, बिहीबार

नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

फागुन १५, २०८१
काठमाडौं
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

नेपालका लागि बीवाईडी अटो ईन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ ।

फेब्रुअरी २७ बाट प्रारम्भ भएको बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुने कम्पनीले जनाएको छ ।

नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ र म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठलगायतको उपस्थितिमा इभेन्टको शुभारम्भ गरिएको हो ।

इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु ८(Yangwang U8), एफसीबी बाओ ५ (FCB Bao 5), डेन्जा जेडजीटी (Denza Z9GT), डेन्जा डी ९ (Denza D9) र बीवाईडी शार्क ६( BYD Shark 6) सार्वजनिक गरिएको छ । जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्नेगरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित रहेको कम्पनीको दाबी छ ।

बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरू

इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।

ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।

null

ई–प्लेटफर्म ३.० को प्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्टसहित उपलब्ध छ ।

डेन्जा जेड९जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।

एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम यसले देखाएको छ ।

याङवाङ यु८ प्लेटफर्म र डिसस–पी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न (Tank Turn) फिचर पाउन सकिन्छ, जुन e4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउँछ ।

null

त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी (stability) र एडेप्टिबिलिटी (adaptability) उपलब्ध गराउछ ।

मोबिलिटीको भविष्यमा अग्रगामी बन्दै

अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टि गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्ने कम्पनीको दाबी छ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् ।

हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने भिजनको एक झलक बीवाईडी हाई–टेक विक  भएको साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठले बताए । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्ने उनको विश्वास छ ।

बीवाईडी हाई–टेक विक २०२५ को टिकट e-sewa मा उपलब्ध छ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्