३० जेठ २०८३, शनिबार

माओवादी अभियानमा जोडिए महेन्द्र राय यादव

फागुन १५, २०८१
विराटनगर
माओवादी अभियानमा जोडिए महेन्द्र राय यादव

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव पनि नेकपा (माओवादी केन्द्र)को तराईं-मधेश अभियानमा जोडिएका छन् । सुनसरीको बर्जू गाउँपालिका १ को शुक्रबारेबाट उनी अभियानमा जोडिएका हुन् । 

उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानमा स्वागत गरे। माओवादीले शुरू गरेको ‘जनतासँग माओवादी तराईं–मधेश जागरण अभियान’को चौथो दिन सुनसरीमा अभियान गरिँदै छ ।

आज बिहान बर्जू–शुक्रबारे बजारमा बिहान शहीद गेट अवलोकन, उखु किसानसँग छलफल गर्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन् । बर्जू ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ।

दिउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको नेम्वाङले जानकारी दिए।

माओवादी केन्द्रले यही फागुन १२ गते ‘जनतासँग माओवादी तराईं–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट शुरू गरेको हो।
 

salt training

कमेन्ट गर्नुहोस्