२१ जेठ २०८३, बिहीबार

सुडानको राजधानी नजिकै सेनाको विमान दुर्घटना, ४६ जनाको मृत्यु

फागुन १५, २०८१
काठमाडौं
सुडानको राजधानी नजिकै सेनाको विमान दुर्घटना, ४६ जनाको मृत्यु

सुडानको राजधानी खार्तुम नजिकै ओमदुरमानमा एउटा सैन्य विमान दुर्घटना भएको छ । दुर्घटनामा ४६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृत्यु हुनेमा सैनिक अधिकारी र सर्वसाधारणसमेत रहेका छन् । 

दुर्घटनामा १० जना घाइते भएको समाचारमा उल्लेख छ । यो विमान रुसी निर्मित एन्टोनोभ विमान थियो । 

वादी सेइदना सैनिक विमानस्थलबाट मंगलबार साँझ उडेको उक्त विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

तर, दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्