०५ असार २०८३, शुक्रबार

शुक्लाफाँटामा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, महिलाको मृत्यु

फागुन १५, २०८१
कञ्चनपुर
शुक्लाफाँटामा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, महिलाको मृत्यु

पूर्वपश्चिम राजमार्गअअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो । 

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट सामान्य घाइते भएका छन् । 

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । 

ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्