
काठमाडौं, ५ माघ– इजिप्टको अदालतले पूर्व फुटबलर मोहमद अबोत्रिकालाई आतंकवादीको सूचीमा समावेश गरेको छ ।
उनीमाथि प्रतिवन्धित मुस्मिलम ब्रदर हुडलाई आर्थिक सहायता गरेको आरोप लगाइएको छ ।
यसअघि सन् २०१५ मा सरकारी समतिले कायरोमा रहेको अलि अल्या र राष्ट्रिय टोलीका सदस्यसमेत हरेका अबोत्रिकाको सम्पत्ति रोक्का गरेको थियो ।
सरकारले सन् २०१३ मा आतंककारी घोषण गरेको मुस्लिम ब्रदर्शहुडलाई पैसा दिएपछि उनीमाथि आतंककारी गतिविधि गरेको आरोप लगाएको हो ।
अवोत्रिका अफ्रिकन फुटबलका सफल खेलाडी मध्येका हुन् । उनले सन् २०१२ मा मुस्लिम ब्रदरहुडको मोहमद मोर्सीको समर्थमा अभिव्यक्ति दिएका थिए ।
अवोत्रिकाले चार पटक अफ्रिकाको उत्कृष्ठ खेलाडीको उपाधि जितेका थिए ।