१३ असार २०८३, शनिबार

रसुवागढी नाका ७२ घण्टाका लागि बन्द

मंसिर ७, २०७४
रसुवागढी नाका ७२ घण्टाका लागि बन्द


रसुवा, ७ मंसिर - यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि रसुवागढी नाका बन्द गरिएको छ । 

निर्वाचन सुरक्षाका सम्बन्धमा केरुङका अधिकारीसँग कुराकानी भई आजराति १२ बजेबाट ७२ घण्टाका लागि नाका पूर्णरुपमा बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमन्द्र न्यौपानेले जानकारी दिए । 

बन्दका क्रममा दुवैतर्फबाट सवारी साधान र पैदलयात्रुसमेतलाई आवतजावतमा रोक लगाइएको उनले बताए  । 

salt training

कमेन्ट गर्नुहोस्