१४ असार २०८३, आइतबार

मतदातालाई एमाले अध्यक्ष केपी ओलीको हवाई पत्र

मंसिर ८, २०७४
मतदातालाई एमाले अध्यक्ष केपी ओलीको हवाई पत्र

झापा, ८ मङ्सिर- सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ ।

पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । सुरुवातमा भनिएको छ, ‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, नमस्कार ! आराम रही आरामको कामना गर्दछु । तपाईंहरूसँग भेटेर छलफल गर्ने इच्छा हुँदाहुँदै पनि सबैसँग प्रत्यक्ष भेट्न सम्भव नहुनेजस्तो लागेर यो पत्र लेख्दै छु ।खासगरी आजको पत्रमा सँघारमै आएको चुनावको विषयलाई लिएर दुई–चार शब्द कोर्दै छु ।’ पत्रमा अनेक बाधाका बीच पनि संविधान बनेको भन्दै निर्वाचनलाई सदुपयोग गर्न आह्वान गरिएको छ, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्