१५ असार २०८३, सोमबार

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

फागुन १८, २०८१
काठमाडौं
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती पुल नजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ​

जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य ३ जनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्