२४ जेठ २०८३, आइतबार

मध्यरातमा रसुवाको कालिकास्थान क्षेत्र तनावग्रस्त :  १३ राउण्ड हवाइ फायर, धादिङमा बम

मध्यरातमा रसुवाको कालिकास्थान क्षेत्र तनावग्रस्त :   १३ राउण्ड हवाइ फायर, धादिङमा बम

काठमाडौँ, ८ मंसिर -  राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ । 

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा झडप  हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए  ।
मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले  जानकारी दिए  । 

यता  पृथ्वी राजमार्ग स्थित धादिङको महेशदाेभानमा शुक्रबार बिहान सकेट बम फेला परेको छ | अज्ञात समूहले राखेको सो बम  ६ नम्बर बाहिनि बैरेनीबाट गएको  नेपाली सेनाको टोलीले निश्क्रिय गरेको जिप्रका धादिङले जनाएको छ | बम फेला परेपनि केहीबेर राजमार्ग अबरुद्द भएको थियो |


 

salt training

कमेन्ट गर्नुहोस्