
काठमाडौं, ८ मंसिर– ललितपुरको कुपण्डोलमा हिजो साँझ २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाईकल र बा ८४ प ९९७२ नम्बरको मोटरसाईकल हिजो साँझ सवा ५ बजे आपसमा ठोकिएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ९९७२ नम्बरको मोटरसाइकल चालक ललितपुर कुसुन्तीका २८ वर्षीय सजन कर्मचार्यको उपचारको क्रममा अल्का अस्पतालमा हिजो साँझै ६ बजे मृत्यु भएको हो ।
दुवै मोटरसाइकल र भारतीय नम्बरको मोटरसाइकलका चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।