०१ साउन २०८३, शुक्रबार

एमाले मोरङको मतदान सकियो, मतगणना भोलि बिहानदेखि

फागुन २१, २०८१
विराटनगर
एमाले मोरङको मतदान सकियो, मतगणना भोलि बिहानदेखि

नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि भएको मतदानमा ८८८ मत खसेको छ ।

बिहान साढे ९ बजेबाट शुरू मतदान केहीबेर अगाडि मात्रै सकिएको हो । मतदानका लागि तोकिएको अवधिमा ८८८ मत खसेको मुख्य निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए ।

जिल्ला अधिवेशनमा ९११ जना मतदाता थिए । १६५ सदस्यीय नयाँ जिल्ला कमिटीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । 

जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको भनिएको पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको भनिएको पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।  

अब मतगणना भोलि बिहीबार बिहानदेखि मात्रै गरिने निर्वाचन समितिले जनाएको छ । बिहान ८ बजेदेखि मतगणना गर्ने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्