०९ असार २०८३, मंगलबार

एकल महिलाका छोरीलाई नगद सहयोग

फागुन २२, २०८१
कैलाली
एकल महिलाका छोरीलाई नगद सहयोग

कैलालीको गोदावरी नगरपालिकास्थित दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोरीलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको छ । 

मानव अधिकारका लागि एकल महिला नामको गैरसरकारी संस्थाले नवज्योति र दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना छात्रालाई सहयोग गरेको हो । 

संस्थाका अध्यक्ष सुमन शर्माका अनुसार एकल महिलाका छोरीलाई नगद १० हजार, शैक्षिक सामग्री बोक्ने झोला र शारीरिक गतिविधि एवं खेलकुदमा भाग लिँदा लगाउने पोशाक प्रदान गरिएको हो । 

संस्थाले भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्