
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले जर्मनीको बर्लिनमा एक अवार्ड पाएपछि नेपाल वायु सेवा निगमले आफूहरूलाई अझै राम्रो काम गर्ने हौसला र प्रेरणा मिलेको जनाएको छ ।
बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टरनेशनल टुरिजम बोर्सी (आईटीवी) बर्लिन-२०२५ मा वर्ल्ड टुरिजम एण्ड एभिएसन समिट-२०२५ को अवसरमा मन्त्री पाण्डे ‘टुरिजम मिनिस्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका थिए ।
मन्त्री पाण्डेले यो अवार्ड पाएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायत निगम परिवारले उनलाई बधाई दिँदै कार्यसम्पादनमा थप उत्साहित भएको बताएका छन् ।
नेपालको पर्यटन क्षेत्रका लागि अन्तर्राष्ट्रिय रूपमा यस किसिमको ठूलो सम्मान प्राप्त हुनु गौरवको विषय भएको निगमले जनाएको छ ।
‘यस क्षेत्रमा अझै राम्रो कार्य गर्न समस्त निगम परिवारमा थप हौसला र प्रेरणा मिलेकोले आ-आफ्नो क्षेत्रबाट सकारात्मक नतिजा देखिने गरी कार्यसम्पादन गर्न हामी उत्साहित समेत भएका छौं’, निगमका प्रवक्ता रमेश पौडेलले भनेका छन् ।
