
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी १९ चैतदेखि रातको समयमा पनि बन्द नहुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको हो । गोरखापत्रमा खबर छ ।